दैलेखको दुल्लू नगरपालिकाले ५२ जना विद्यार्थीहरुलाई निःशुल्क प्राविधिक शिक्षा पढाउने भएको छ । नगर प्रमुख छात्रवृति कोष मार्फत एक वडाका ४ जना गरी ५२ जनालाई नगरपालिकाले निःशुल्क प्राविधिक शिक्षा पढाउने भएको हो ।
नगरपालिकाले प्राविधिक शिक्षा अन्तर्गत नगरपालिकाका एक वडाबाट ४ जना गरी ५२ जनालाई ओभरसिएर, पशु, वनविज्ञान र कम्प्युटर विज्ञान निःशुल्क पढाइने दुल्लू नगर पालिकाका नगर प्रमुख भरत रिजालले बताए ।
‘प्राविधिक शिक्षामा हामी पछाडि भएकाले स्थानीय स्तरमा रोजगारी शिर्जना गर्ने उद्देश्यले नगरपालिका भित्रका १३ वडाबाट ४ जना गरी ५२ जनालाई निःशुल्क प्राविधिक शिक्षा पढाइने छ’, नगर प्रमुख रिजालले भने ।
नगर प्रमुख रिजालले पढ्न नपाउने गरिव अवस्थामा रहेका परिवारका लागि निःशुल्क शिक्षा अभियान सञ्चालन गर्ने लागिएको बताए । उनले दुल्लू नगरपालिकाको १ अर्व ८ करोड ४० लाखको बजेट नगर सभाबाट सर्वसहमतिले पारित समेत भएको बताएका छन् ।











